रातो आँखा

–*डा= मनोज शर्मा

हालः समोआ (Pacific Island)

हाम्रो शरीरको एक मुख्य एवं संवेदनशील अङ्ग हो – हाम्रो आँखा । हुन त मानव शरीरका प्रत्येक अंगहरुको आ–आफ्नै विशेषता र महत्वपुर्ण कार्य हुन्छन, तर यो आँखा चाँहि अति जटिल विशेषतायुक्त संसार देखाउने र अन्य अङ्गहरुको पनि कार्य सम्पादन गराउने मद्दत गर्ने ,अरु बिग्रेको अङ्ग प्रत्यङ्गहरु पनि बनाउन मद्दत गर्ने एउटा विशेष अङ्ग हो ।

हामी सबैको दुइवटा झण्डै गुच्चा जस्ता गोलाकार आँखा हाम्रै खोपडि (Skull) अगाडि पट्टीका  (Bony orbit)  मा नाककै दायाँ र बायाँ बडो सुरक्षित रुपले रहेका (Suspended) हुन्छन । झट्ट हेर्दा वरिपरि सेतो र बीचमा झण्डै कालो जस्तो देखिने हाम्रा आँखाहरु नरम तन्तु (Soft tissue) बाट मात्र बनेका हुन्छन, जुन खालि बाहिरबाट हेर्दा यस्को ६ भागमा १ भाग (1/6 Part) मात्र देखिन्छ ।

माथि नै उल्लेख गरियो कि साधारणतथा आँखाको रङ सेतो भाग सँधै सेतो र कालो देखिने भाग सँधै कालो हुनुपर्छ । यो अवस्था आँखाको रातो हुने रोग (Disease) नभएको अवस्था हो । तर अरु आँखाको रोग,जस्तै चस्मा लाउन पर्ने अवस्था (Refractive error), अल्छी आँखा (रोगबिहिन तर Normal Structure आँखा, Lazy eye वा अन्य आँखाभित्रका रोगहरुबाट मुक्त अवस्था चाँहि होइन ।

यो लेखमा हाम्रा आँखा के कति कारणले रातो हुन्छन, यहि कारणहरु बुझाउन खोजिएको छ ।

आँखाको सेतो भाग रातो वा कालो भाग सेतो भएको अवस्था साधारण तया रातो आँखाको

रोगको अवस्था हो

निम्न मुख्य कारणले आँखा रातो हुन्छ –

१. आँखाको कालो, सेतो देखिने भाग (बाहिरी पत्र, Conjuctiva/Cor

nea) को सङ्क्रमण -Infection_

Conjunctivitis slides Bacterial,Virus-2

यस अवस्थामा साधारणतया बीचको कालो देखिने बाहिरको नानीको संक्रमण(Infection)  हुदैन । खालि सेतो देखिने भाग वा पत्र (Conjuctiva) को मात्र संक्रमण हुन्छ । त्यसकारण यस किसिमको आँखाको रोगमा दृष्टिमा केही कमि आउँदैन खालि त्यो अवस्थामा आँखामा टिलपिल गरी भरिएको आँसु वा कचेरा (Puslike discharge) बीच बीचमा धमिलो जस्तो चाँहि बनाइदिन सक्छ ।

यस किसिमको संक्रमण हाम्रा आँखाले नदेखिने व्याक्टेरिया वा भाइरस भनिने जीवाणुले गरिदिन्छन् ।

व्याक्टेरिया संक्रमण (Bacterial Conjunctivitis) मा कचेरा (Discharge फोहोर) लाग्छ ,आँखाको डिलमा तर भाइरल संक्रमण (Viral Conjunctivitis) मा कचेरा हुदैन, खालि आँसु बर्बती झर्ने मात्र हुन्छ । हामीले देखेका छौ कहिलेकाँही यो समस्या एकपछि अर्कोमा सर्दे गइ पूरै गाँउ वा शहर वा देशभरी नै पनि हुन सक्छ । संक्रमणको नेपालीमा अर्थ हुन्छ , सरुवा वा नसर्ने खालको ।

अव  यो  कसरी  एकजनाबाट  अर्कोमा  सर्छ  त  ?यो  चाँहि  क्षयरोग  (Tuberculosis bacteria) जस्तो खोक्दा हाच्छ्रयु गर्दा वा नजिकबाट कुरा गर्दा हावा मार्फत किटाणु –जिवाणु (Bacteria) सर्ने वा दिसापिसाब जन्य फोहोरमैलाबाट प्रत्यक्ष वा अप्रत्यक्ष माध्यम हुँदै मुखवाट खाइपिइ सर्ने Viral/Bacterial/Fungal (भाइरस–व्याक्टेरिया–ढुसी) सर्ने हैन । यस किसिमको रातो आँखा भएको व्यक्तिको आँखा संक्रमण (Infection) रातो आँखा भएको व्यक्ति को आँखा छोइएर,माडेर,त्यहि हात वा औलाले स्वस्थ व्यक्तिको आँखा छोइँदा वा उस्ले छोएका–प्रयोग गरेका वस्तु (रुमाल जन्य) निरोगी व्यक्तिले छुँदा, प्रयोग गर्दा ती वस्तुमा औँलामा सरेका कीटाणुले स्वस्थ आँखामा संसर्गको लागि मौका पाउँछन् । रोग प्रतिरोध शक्ति कम भएका (Immuno compromised/low immunity वालाहरु) कुपोषण (Malnourished) युक्तहरु चाँहि झन चाँडै यस किसिमको संक्रमणका शिकार हुन्छन् ।

हाम्रो गाउँ, शहरमा समय समयमा भइरहने आँखा पाक्ने (वा आँखा रातो हुने) रोग

साधारणतया व्याक्टेरिया जीवाणु भन्दा भाइरल जीवाणुले हुन्छ ।

भाइरल जीवाणुले आँखा पाक्ने रोग ४,५ दिन देखि ३ हप्ता सम्म आँफै निको (Self- limiting) भई आँखा पहिलेकै झै सेतो हुन्छन, आँसु आउने अलिअलि बिझाउने दुख्ने पनि हुन सक्छ । यसलाई निको भएको भनिन्छ । यस्तो आँखा पाकेको कहिलेकाहिँ आँखा नै धेरै सुन्निएको,डिल सुन्निएको भएपनि दृष्टि ठीक छ भने डराइहाल्न पर्ने स्थिति हुदैन । यस्तो अवस्थामा धेरै पनि दुख्दैन । व्याक्टेरियाको संक्रमणबाट जोगाउन भने केहि दिन वा १,२ हप्ता एन्टीबायोटिक थोपा (Antibiotic eye drop) दिनमा ३,४ पटक सम्म हाल्दा केही नराम्रो हुँदैन ।

यसरी भाइरल Conjunctivitis २,३ हप्ताभित्र निको हुने आँखामा मात्रै सीमित (Self-limiting) हुन्छन वा शरीरमा अन्य अङ्गमा पहिले संक्रमण जसलाई हामी (Primary Infection) गरी पछि आँखा रातो भएको हामी (Secondary Infection) अवस्थामा देखिन्छ । यस्तो किसिमका भाइरल (Infection Self-Limiting) हैन,पुरै शरीरका निम्ति घातक, जटिल अवस्थाको सृजना गरी मृत्यू (Lethal) सम्म पुर्याइदिन सक्छन , यसको ज्वलन्त उदाहरण पुरै विश्वले २ वर्ष अगाडिसम्म भोगिरहेको Covid-19 Viral Infection ज्वलन्त उदाहरण हो । हाल पनि Covid-19 धेरै देशमा बिद्यमान छ, मानिसहरु संक्रमित भइरहेका छन् तर यो पहिले जस्तो जटिल (Complicated Lethal)  अवस्थामा चाँहि छैन । चीनमा रातो आँखा भएका बिरामीमा छाति–फोक्सोको समस्या पनि एकपछि अर्को गरी देखिदैँ गरेको विचार (Notice) गरेका र समयमै राज्यलाई सर्तक (Alert) गराएका एक जना आँखाका डाक्टरको तथ्य कुरा (Fact) प्रति सरकारले हेलचेक्राई गरी ती डाक्टरलाई जेलमा हाल्दा ती डाक्टरको त मृत्यू भयो नै, पुरै विश्वले तुरुन्तै त्यो भाइरस (Covid-19) को संक्रमण भोगी ठुलो जन–धनको क्षती खप्नुपयो । यसर्थ कुनै सानो समस्यालाइृ पनि बिरामीमा अन्य भागको पनि संक्रमणको अवस्था छ भने चिकित्सकको सल्लाह लिन हिच्किचाउन हुदैन, आफु पहिले देखि नै सुरक्षित भई (मास्क जन्य वस्तु प्रयोग गरी) अरुलाई पनि सुरक्षित राख्न मद्दत गर्नुपर्छ ।

व्याक्टेरियल संक्रमण (Bacterial Conjunctivitis) मा यस्तो हुन्न । यो आँखामा हाल्ने थोपा (Antibiotic drops) र मलम मात्रको प्रयोगले केहि दिन वा एक, दुई हप्ता भित्रै निको हुन्छ या ने कि आँसु आउने, दुख्ने अप्ठेरो हुने बन्द हुन्छ । रातोपना भने पूरै जान केही हप्ता लाग्न सक्छ, रातोपना मात्र भएको अवस्था, साधारणतया संक्रमण (Infection) निको भईसकेको अवस्था हो । कुनै कुनै व्याक्टेरियल संक्रमणमा आँखाको कालो भाग पनि सेतो भै आँखाको घाउ (Corneal ulcer) हुन सक्छ जस्तै Gonococcus Bacterial किटाणुले गर्ने Infection विशेषत यो नवजात शिशु जो घरमै जन्मन्छ वा जस्का आमा बुवाका Sexual Organ Hygiene स्वस्थ छैन, त्यस्तो शिशुमा हुने गर्दछ । यस्तो भएमा सामान्य आँखामा हाल्ने थोपा Antibiotic ले काम नर्गनसक्छ ,बच्चालाई आँखाको डाक्टरलाई देखाई अस्पताल भर्ना गरी सुईबाटै Antibiotic दिनपर्ने हुनसक्छ ,नत्र बच्चा जिन्दगी भरको लागी अन्धो हुने डर हुन्छ । पहिले पहिले हाम्रो देशमा भिटामिन A का कमि भई Bacterial Infection आँखामा हुँदा चाडै नै आँखा खत्तम हुन्थ्यो ।

२. आँखाको नानीमा हुने घाउ (Corneal ulcer) बाट हुने रातो आँखा

यस किसिमको रातो आँखामा सेतो भाग टिल्टल्ती रातो, फुलेको, डिल पनि फुलेको ,सुन्निएको एकदम दुख्ने अनि दृष्टि पनि धेरै कम भएको हुनसक्छ । यो चाँहि, आँखाको Heart Attack भने जस्तै हो । तुरुन्त आँखा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । चिकित्सक कहाँ नपुगुन्जेल आँफैले खालि एन्टीबायोटिक थोपा चाँही प्रत्येक १,१ वा २,२ घण्टामा हाल्न मिल्छ । बच्चामा यस्तो अवस्था छ भने मल्हम ३,४ घण्टामा कोशभित्र हालिदिन मिल्छ चिकित्सक कहाँ नपुगुन्जेल । तर antibiotic मा steroid मिसिएको drops जस्तै (Prednisolone, Dexamethasone, betamethasone) बिल्कुल हाल्नु हुदैन जुन हाम्रा औषधी पसले (जस्ले केहि हप्ता मात्र general औषधीको तालीम लिएका हुन्छन्) ले बडो फुर्तिसाथ दिन खोज्छन् । एकदम आफु confident/overconfident भएर । यसले ‘अल्पविद्या भयङ्करी’ को काम गरेर आँखाको दृष्टि गुमाउने मात्र नभै कहिले काँहि पुरै आँखाभित्र संक्रमण नै हुनसक्छ, आँखाको local immunity मा असर परेर वा कहिले काँहि त जीवन–मरणकै समस्या (Cavernous Sinus thrombosis after panophthatanthis) नि हुनसक्छ । हुन त यो अवस्था एकदम न्युन (rare) हो तर नर्कान सकिन्न ।

त्यस्तै Viral Conjunctivitis मा शुरुमै steroid mixed drop हाल्ने औषधी पसलेका वा कुनै general practitioner को प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी छ । हाम्रा India, Pakistan जस्ता देशमा यी औषधी चिकित्सकको Prescription बाट मात्र उपलब्ध हुन्छ, नत्र नियम विपरित भएमा सजायको भागिदार होइन्छ । हाम्रो जस्तो देशमा अचेतनाको कारणले पनि चाँडो निको पारे झैँ गर्न यस्ता औषधीको प्रचुर प्रयोग हुने अनि पछि बिरामीले Immuno compromising को अवस्था भोगी रोगले अरु उग्ररुप लिने हुन्छ ।

३. आँखामा चोटपटक (Eye Injury)

आँखामा  जुनसुकै  वस्तुले  चोटपटक  लाग्दा  केही  गरी  रातो  भयो,  बिझायो,  आँसु आयो,दृष्टिमाकमि भयो, दुख्यो भने Antibiotic थोपा त जरुर हाल्नपर्छ । तर यस्तो अवस्थामा तुरुन्त आँखा चिकित्सकको सल्लाह लिनु जरुरी छ। यदि तुरुन्त १,२ दिनमा निको हुने छाँट देखिएन भने दृष्टि कम हुँदा त तुरुन्त आँखा चिकित्सकको सल्लाह लिनपर्छ, दोबाटे औषधी पसले वा आफन्तको हैन । कहीँ कहीँ यस्तो अवस्थामा बच्चालाई स्तनपान गराउने गरेकी आमाको दुध वा वनस्पति जन्य वा कुनै चीज हालिदिने गरिएको छ, यो घातक हुनसक्छ ।

४. आँखामा धुलो –कसिङ्गर वा अन्य केहि साना चीज (Foreign bodies) परेर अड्केर हुने रातो आँखा (Red eye)

स–साना धुलोका कण त आफै निस्केर जान्छन् आँसुले बगाउँछ केहि गर्न पर्दैन शरीरले आफै ठीक गर्छ , तर antibiotic थोपा मात्र भने यो अवस्थामा केही दिन हान्छ सकिन्छ नत्र आँखा चिकित्सकको सल्लाह लिनपर्छ । कहिले काहिँ त कसिङ्गर आँखाको माथिको डिलमा अड्किन्छ र जति गरेनि निस्कन्न । परेला उल्टाएर हेर्न जानेको छ भने त्यहाँ नि केहि अड्क्यो कि भनेर हेरेर छ भने सफा cotton वा कपडाले निकाल्न सकिन्छ अनि Drop वा मल्हम हाल्न सकिन्छ । यसले आँखाको नानी मा घाउ (Abrasion) नि गर्न सक्छ, जो पछि ulcer Infection भै ठुलो रुप लिन सक्छ । त्यसको लागि त फेरि आँखा चिकित्सक लाई नै देखाएर सल्लाह लिनपर्छ यदि कुनै एसिड जन्य वा Detergent रासायनिक केही परेको छ भने त तुरुन्त आँखा चिकित्सक कै राय सल्लाह लिनुपर्छ ।

५. तुरुन्त हुने ग्लुकोमा (Acute Glaucoma) भन्ने रोगबाट हुने रातो आँखा

यो रोगले चाँहि साधारणतया छोटोकदकी आइमाई÷अघवैशेँ आइमाईलाई समाउँछ । उसमा आँखाभित्रकै  बनावटको  कारण  आँखाभित्रको  पानी,भित्रबाटै  निस्किने  प्रकृयामा  बाधा  आई आँखाको पानीको चाप अत्याधिक धेरै दुख्ने , आधा टाउको नि दुख्ने आँखा रातो हुने,दृष्टि स्वाटै घट्ने हुन्छ । यो अवस्था साधारणतया साँझमा हुन्छ । बत्तिमा पनि इन्द्रेणी जस्तो देखिन्छ । यो पनि तुरुन्तै उपचार गर्नुपर्ने अवस्था हो । तुरुन्तै आँखा विभाग भएको अस्पताल इर्मजेन्सीमा बिरामीलाई पुर्याइ आँखा चिकित्सकको सǔलाह लिई सोही बमोजिम गर्नुपर्छ । एन्टिबायोटिकले यसमा केही फाइदा गर्दैन बरु सधैको लागी आँखा दुख्ने र नदेख्ने बनाउन सक्छ समयमै ठीक उपचार आँखा चिकित्सक बाट भएन भने ।

६. आँखाभित्रको सुजन (Inflammation, Infection or noninfective) नगराउनेले गराउने रातो आँखा

यस अवस्थालाई Uveitis भनिन्छ । यो ट्युबरकुलोसिस (क्षयरोग), भिरङ्गी(Syphilis)  एच.आई.भि एड्स    कहिलेकाँहि आँखाको  अपरेशन गरिसकेपछिको अवस्था (Endophthalmitis) मा हुन्छ । यस्तो अवस्थामा रातो हुने लगायत दृष्टि स्वाट्ट घटेर जाने दुख्ने, प्रकाशमा अप्ठेरो हुने हुन्छ । यताउता बिचार नगरी तुरुन्त आँखाको चिकित्सकको सल्लाह लिनपर्छ । यस्तो अवस्थामा रगतमा सम्बन्धित तत्वको जाँच, टिविको जाँच व्याक्टेरिया पत्ता लगाई जाँच उपचार गर्नुपर्ने हुनसक्छ ।

७. आँखा रातो हुने अन्य कारण

अनिदो बस्दा नुहाइसकेपछि , सुख्खा आँखा (Dry eye, आँखाबाहिर आँसुको मात्रा कम हुनु) वा कसै कसैको त्यत्तिकै Alcoholic को जस्तो देखिँदा नि रातो आँखा हुन्छ । Dry eye  मा त कारण अनुसार आँखा चिकित्सकले उपचार गर्दा ठीक हुन्छ । अन्य माथिको अवस्थामा उपचारको जरुरी छैन कहिले काँहि Artificial tears चाँहि हाल्न सकिन्छ सुख्खा आँखामा जस्तै ।

डा.मनोज कुमार शर्मा, आँखा नानी रोग विशेषज्ञ, हाल समोआ (Pacific island) मा कार्यरत

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain