
प्रतिनिधी घटना
१. ४४ वर्षिय एक युवक, हल्का रक्सी खाँदामात्र चुरोट पिउने, उच्च रक्तचाप भएको १ वर्ष भएको तर उपचारमा नरहेको, मधुमेहको संकेत (Pre-diabetic) तर डाक्टरको सल्लाहा हनुसार खानपिन र जिवन शैली सुर्धाने भनी औषधी सेवन नगरेका, Night club को मालिक, २, ३ दिनको अनिन्द्रा, एक्कासी विहानको ३:२० बजे छाती दुख्छ, आधा घण्टा जती ग्याष्ट्रिकको रोग होला भनेर घरमै भएको औषधी सेवन गर्छ, दुखाई झन बढदै गएर असिना पसिना भए पछि परिवार जनलाई हारगुहार गर्दछ । नजिकै ठूलो अस्पताल भएपनि पूरानो आफ्नो विश्वास मान्ने गरेको क्लिनिकमा डाक्टर भेट्न पुग्दछ । १ घण्टा कुर्दै गर्दा, डाक्टर आइनपुग्दै एकपटक बेहोश हुन्छ , परिवारहरु अत्तालिएर पहिले भनेको नजिकको ठूलो अस्पतालमा हतारमा पुर्याउदछन्। अस्पतालमा इमजेन्सीमा नपुग्दै बिरामी फेरी बेहोश हुन्छ र प्राण पनि गईसकेको हुन्छ । त्यहाँका डाक्टरले अनेकौं प्रयास गर्दा पनि बचाँउन सक्दैनन् ।
२. ३२ वर्षिय एक युवक कतारको जागिर खाएको तर २ वर्ष देखि बेरोजगार, साथी संगतले चुरोट, रक्सी अनि बाह्य पाश्चात्य खानपिन, पारिवारीक तनाव भएकोलाई त्यस्तै एकासी छाती दुख्छ । घरमै भएकोले बुवाले तुरुन्त (१५ मिनेट भित्रै) अस्पताल पुर्याउछन्, जाँच प्रडताल हुन्छ, हृदयघात भएको थाहा लाग्छ, रगत पातलो गर्ने औषधी मुख बाट तथा सूई द्वारा लगाइन्छ, तुरुन्त क्याथल्याबमा लगेर जाँचिन्छ र बन्द भएको मुटुको देब्रे पट्टिको मूख्य धमनी नली खोलिन्छ (Angiography and Angioplasty) गरिन्छ र उसको जिवन बँचाउन सफल भैइन्छ ।
३. २४ वर्षीय इन्जिनियर जसको आमाको ३८ वर्षको अल्पायुमा अकास्मात मृतु भएको हुन्छ , उ पनि एक्कासी सास फेन गाह्रो, छातिमा भारीपना र चिट चिट्टी पसिना पसिना भएर अस्पताल आँउछ । दुई महिना अगाडी राजधानीको एक अस्पतालमा दाहिने खुट्टा सूनिएर जँचाएको र खुट्टाको भित्री नलीमा रगत जमेको भएर नियमित औषधी सेवन गर्न सल्लाह भएतापनि नगरेको रहेछ । इर्मजेन्सीमा जाँच गर्दा हृदयघात भएको देखियो । उसलाई पनि तूरुन्त रगत पातलो गर्ने औषधी इन्जेक्सन र मुख दुबैबाट दिइयो, बिरामीलाई त्यसपछि क्याथल्याब मा लगेर रक्त नली परिक्षण (Angiography) गरियो । रक्तनलि परिक्षण गर्दा खुलेको देखियो, उसलाई Angioplasty गर्न परेन। बंशाणुगत रोग शंका गरी रगत परिक्षण गर्दा रगत पातलो गर्ने शरिरको भित्रीतत्वको कमि देखियो । सोही अनुसार उसलाई नियमित औषधी सेवनको महत्वको परामर्श दिएर केहि दिन पछि डिस्चार्ज गरियो ।
यि त केहि प्रतिनिध घटना मात्र भए । त्यतिमात्र नभै बेला बेलामा, युवक हिड्दै गर्दा, जिम गर्दै गर्दा, खेल्दा अथवा सूतेको अवस्थामानै मृत्युको खबर हामीले सूनेका छौ । यसको कारण र रोकथाम बारे हामीले जान्न जरुरी महशुस गरेर यो लेख लेख्दैछौ ।
पृष्ठभूमी Background
हाम्रो मानव शरिर विचित्रको छ । हामीले जानेपढे अनुसार मानिसको आयु १०० वर्ष भनेतापनि विश्वका विभिन्न देशहरुको मानिसहरुको औसत आयू फरक फरक छ । नेपालको अहिलेको औसत आयू पुरुषको लगभग ६८ वर्ष छ भने महिलाहरुको ७२ वर्ष । २००७ सालबाट अहिले सम्म आईपुग्दा हाम्रो औसत आयु धेरैनै बढेर गएको
देखिन्छ । त्यो समयमा मानिसको मृत्यु (Infection Communicable) सरुवा रोग वा किटाणुजन्य गर्दा हुन्थ्यो भने अहिलेको समयमा नसर्ने रोग (Non communicable) ले गर्दा बढी भएको पाइन्छ ।
त्यसोत नसर्ने रोग धेरै जसो ४० वर्ष काटेपछि लाग्ने गर्दछ र त्यसैले पनि यस्ता खालका रोगहरु अहिले समाजमा विद्यमान देखिन्छन् । यी नसर्ने रोगहरु भनेका Risk Factors उच्च उक्तचाप, मधुमेह, बोसो सम्बन्धी समस्या, (Dyslipidemia), मोटोपना, बृद्ध अवस्था, बंशानुगत रोग, चूरोट र मदिरा सेवन, जिवन पद्धती, पाश्चात्य खानपिन तरिका, शारिरिक व्यायमको कमि, बढ्दो शहरीकरण, मानसिक तनाव इत्यादिको कारणले मुटु, मृर्गाला, र मस्तिष्क, खाँखा, नसा जस्ता दिर्घ रोग लाग्ने गर्दछ ।
हृदयघात खास गरी मुटुको रक्त नलीबाट रगत संचालनमा कमी वा पूर्ण बन्द भएको अवस्थालाई भनिन्छ । मुटुको रक्त नलीको रोग अर्थात Coronary Artery Diseases एउटा जटिल रोग मध्य पर्दछ । मानिसको मुटुका मासपेशी पोषण गर्नका लागि मुख्यतया दाहिने र देब्रे भागमा मुटुका रक्तनली हुन्छन् । देब्रेतफको रक्तनलीले ठूला मुख्यतया दुईवटा हाँगा दिन्छ जसलाई हामीले आमनागरिकलाई बुझाउनु पर्दा हाम्रो तीन ठूला नली (दाँया १ र बाँया २) हुन्छन् भन्छौ । मुटुको बाह्य भागबाट बगेर स–साना हाँगाहरु ह्ंदै मुटुका सबै ठाउँमा रक्त संचार गराउने काम यि तीन मुख्य नलीको हो ।
माथि भनेका Risk Factor हरु भएमा मुटुका यी रक्तनलीमा बोशोको थुप्रो जम्न गई साँगुरिदै जानुलाई मुटुको रक्तनलीको रोग अथवा Coronary Disease भनिन्छ । कहिले काँही लामो समय सम्म पनि अप्ठ्यारो नपारे पनि कहिले भने सो बोस्रोको थुप्रो फुटेर रगत जम्नगई रक्तसंचार बन्द हुनुलाई हृदयघात भएको बुझिन्छ । हृदयघात भए पछि रक्तसंचार तुरुन्त सूचारु नभएमा मुटुको मांसपेशी मर्दै जाने, मुटुको चालको गडबडी हुने, मुटु पूर्ण काम गर्न नसकी Heart Failure हुने अर्थात एकासी ज्यान जाने जस्ता जोखिम हुन्छन् । त्यसैले नै यसको उपचार यथासंभव छिटो र हृदयघात भएको ९० मिनेट भित्र गर्न सकियो भने Complications हुनबाट जोगाउन सकिन्छ ।
अब बास्तविक विषय बस्तुतिर नियाल्दा– युवा अस्थाको हृदयघात भन्नाले ४५ वर्ष भन्दा मूनीको मानिसलाई हुने हृदयघातलाई मानिन्छ । विश्वमा अहिलेको तथ्याङ्क हेर्दा औसतमा ६ – १५% हृदयघात युवाहरुमा भेटिएको छ जुन निरन्तर बढ्दो अवस्थामा छ । हाम्रो देश नेपालको कुरा गर्नु पर्दा लगभग १०% मा यस्तो प्रकारको हृदयघात देखिएता पनि कास्की जिल्ला पदेश ४ को तथ्य हेर्दा १२.९% मा देखिएको छ जुन समग्र नेपालको अरु ठाउँको आँकडा भन्दा धेरै हो । (Source – Birat Medical Journal 2018) यसको प्रमुख कारण भनेको बढ्दो आधुनिकिकरण, उच्च उक्तचाप, मधुमेह, बोसो सम्बन्धी समस्या, (Dyslipidemia), मोटोपना, बृद्ध अवस्था, बंशानुगत रोग, चूरोट र मदिरा सेवन, जिवन पद्धती, पाश्चात्य खानपिन तरिका, शारिरिक व्यायमको कमि, बढ्दो शहरीकरण, मानसिक तनाव, लागूऔषधको विकृती इत्यादी हुन । ७०–७५% यस्ता रोगीहरुले चुरोट र हुक्का सेवन, अनिन्द्रा र बोसोपना धेरै भएको पाईएको छ । अप्राकृतिक व्यवहारहरु जस्तै दिउसो सूत्ने, राती अनिन्द्रा बस्ने, पाश्चात्य खानेकुरा खानेलाई नै बढी हृदयघात हुने देखिएको छ । उमेर पुगीसकेकालाई भन्दा युवा अवस्थामानै हृदयघात हुनेलाई धेरै जटिल समस्या देखिने र अस्पताल नै नपुग्दै मृत्युबरण हुने सम्भावना बढी हुन्छ । यस सम्बन्धी सामाजिक स्वीकारोत्ती पनि अलि कम नै छ र उपचार पश्चात पनि निरन्तर जाँच गर्दै औषधी सेवन गर्ने मनोभावनाको कमिले गर्दा औषधी छोड्ने संभवना अलि बढी नै हुन्छ ।
हृदयघात भएको कसरी थाहा पाउने त ?
खासगरी केहि काम गर्दा फटाफट हिंड्दा,धेरै चिसोमा या धेरै तातोमा शारिरीक धपडी गर्दा छातीको विचको भाग (हल्का देब्रेतिर) भारी या गरुङगो हुदै आउने (मानौकी ५/१० किलो को ढक राखेजस्तो) र त्यो गहुंगो पना घाँटीतीर हुदै देव्रेकुम अनि देव्रे हातको भित्रतिर सर्दै जाने । एकदम पसिना आउने, ढुकढुकी बढ्ने, स्यास्या हुने र अब त मरिन्छ कि जस्तो भान हुने गरि सोचाइ आउने भनेको हृदयघातको संकेत हो । कहिले काँही तारन्तार बान्ता हुने, पेटको माथिल्लो भागमा दुख्ने, एक्कासी वेहोस हुने संकेत पनि हृदय घात हुन सक्छ । राती सुतेको मानिस विहान उठ्दा मरेको भेटिनु पनि हृदय घात भएको हुने सम्भावना धेरै बुझिन्छ ।
प्राथमिक उपचार के गर्ने त ?
सबेभन्दा पहिला यदि माथि उल्लेखित समस्या आएमा तुरुन्त आराम गर्नुपछ । नजिक जो छ उसंग सहयोग मागि हाल्नु पर्छ । नजिक कोहि नभए हिड्ने होइन बरु लामो लामो सास फेर्ने, खाक्ने, उल्टी गराउन खोज्ने उचित हुन्छ । कतिपय अवस्थामा आतिएर छिटो छिटो हिडेर गन्तव्यमा पुगिहाल्छु भन्ने गर्नाले जीवन नै गुम्ने सम्भवना हुन्छ ।
कसरी रोक्न/कम गर्न सकिन्छ त ।
समैभन्दा पहिला त रोग लाग्न नदिनु स्कूल अवस्थामै यो सम्बन्धी शिक्षा दिनु जरुरी हुन्छ । पाठ्यपुस्तकमै एउटा Chapter यस सम्बन्धी हुनु जरुरी छ । स्कुले जिवनमा – विषेश गरी ९, १०, ११, १२ मा लागेको लत छोड्न धेरै गाह्रो हुन्छ ।
चुरोट, हुक्का तथा सुर्तिजन्य पर्दाथ, मदिरा सेवन आदिमा यथाशिघ्र पुर्णरोक लगाउनु पर्छ ।
मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरोल जस्ता सक्ने कुराहरुको नियमित चेकजाँच गरि नियन्त्रणमा राख्नु पर्छ ।
खानपिन, बानिव्यवहार, निन्द्रा, तनाव जस्तो कुराहरुको उचित व्यवस्थापन गर्नुपर्छ ।
मोटोपन घटाउने तथा शारिरीक व्यायम नियमित गर्दा शरिर फुर्तिलो तथा Risk Ractor कम हनेहुँदा यसलाई जोड दिनु पर्दछ ।
सरकारले गर्नु पर्ने दायित्व ।
१) पाठ्यक्रमको विकास
२) जथाभावि व्यापारिक हिसाबलेमात्र क्षणिक लाभको लागि खोलिएको रेष्टुरेन्ट जस्ता ठाउँमा रक्सी/चुरोट/हुक्का/अन्य को लागि अनुमति दिन नहुने र त्यस्ता निश्चित ठाउँमा दिइएका अनुमतिको नियमित अनुगमन गर्नुपर्ने ।
३) खानपिन रहन सहन मात्र नभै अप्रकृतिक कृयाकलाप बढाउने (अनिन्द्रा, तनाव इत्यादी) खालका व्यवसाय पहिचान गरी त्यसलाई उचित व्यवस्थापन गराउने ।
४) सामाजिक जनचेतना फैलाउने ।
प्रा. डा. नवराज पौडेल
वरिष्ठ मुटुरोग विशेषज्ञ
मनिपाल टिचिङ्ग हस्पिटल, तथा नाभ्यता मुटुरोग केन्द्र
प्रतिक्रिया दिनुहोस्