दादुरा

दादुरा एक अत्यधिक सर्ने रोग हो जसले उच्च ज्वरो, शरीरमा बिमिरा (र्यास), खोकी र आँखा रातो हुने गर्छ। यसले मस्तिष्क ज्वर (एन्सेफलाइटिस) र निमोनिया जस्ता ज्यान जान सक्ने जटिलताहरू निम्त्याउन सक्छ। यो भाइरसको कारणले हुन्छ। दादुरा लाग्नबाट रोक्न र यसको सङ्क्रमण फैलिन नदिन दादुराको खोप लगाउनु नै सबैभन्दा राम्रो उपाय हो।

दादुरा के हो?

दादुरा भाइरसबाट हुने एक सङ्क्रामक रोग हो जसले छालामा बिमिरा र ज्वरो ल्याउँछ।

दादुरा भाइरसको कारणले हुने एक अत्यधिक सरुवा रोग हो। यसले शरीरभर बिमिरा आउने र ज्वरो तथा सर्दी–खोकी (फ्लु) जस्ता लक्षणहरू देखाउँछ। तर दादुरा केवल बिमिरा मात्र होइन। यसले तपाईंलाई निकै बिरामी पार्न सक्छ र मस्तिष्क ज्वर (एन्सेफलाइटिस) र निमोनिया जस्ता ज्यान जान सक्ने जटिलताहरू निम्त्याउन सक्छ। यसले अन्य सङ्क्रमणहरू हुने सम्भावना पनि बढाउँछ।

बालबालिकाको नियमित खोपको सूचीमा यो पर्नुअघि दादुराका कारण विश्वभर लाखौं मानिसहरूको मृत्यु हुने गरेको थियो। नेपालमा पनि प्रत्येक वर्ष दादुराका केही बिरामी देखिन्छन्। यसको कुनै खास उपचार वा औषधि छैन।

दादुरालाई रुबियोला, दस दिने दादुरा वा रातो दादुरा पनि भनिन्छ। यो जर्मन दादुरा (रुबेला) भन्दा फरक हो।

लक्षण र कारणहरू:

दादुरा एउटा मात्र बिमिरा होइन। यसले गम्भीर लक्षणहरू निम्त्याउन सक्छ र एन्सेफलाइटिस (मस्तिष्क ज्वर) जस्ता ज्यान जान सक्ने जटिलताहरू निम्त्याउन सक्छ।

दादुराका लक्षणहरू:

दादुराका लक्षणहरू निम्न हुन्:

उच्च ज्वरो

भुक्ने खालको (बाक्लो) खोकी

आँखा रातो हुने वा आँखा पाक्ने

नाक बग्ने (रुघा)

थकान

मुखभित्र सेतो केन्द्र भएका राता दागहरू (कोप्लिक स्पट)

शरीरमा बिमिरा (र्यास) आउने

पखाला, पेट दुख्ने र वान्ता हुने जस्ता पाचनसम्बन्धी लक्षण

घाँटी दुख्ने

मांसपेशी दुख्ने

टाउको दुख्ने

दादुराका लक्षणहरू एकै पटक देखा पर्दैनन्। पहिले ज्वरो, खोकी, नाक बग्ने र आँखा रातो हुने देखिन सक्छ। कोप्लिक स्पट दुई–तीन दिनपछि देखा पर्न सक्छ र बिमिरा सुरु भएपछि हराउँछ। बिमिरा सुरु भएको तीनदेखि पाँच दिनपछि देखिन्छ। बिमिरासँगै उच्च ज्वरो पनि आउन सक्छ।

दादुराको बिमिरा कस्तो देखिन्छ?

दादुराको बिमिरा प्रायः अनुहारमा सम्म थोप्लाहरूका रूपमा सुरु हुन्छ। गोरो छालामा यो रातो देखिन्छ। कालो वा गहुँगोरो छालामा यो बैजनी वा वरपरको छालाभन्दा गाढा देखिन सक्छ, वा हेर्न गाह्रो पनि हुन सक्छ।

बिमिरा घाँटी, छाती, ढाड, पाखुरा, खुट्टा र पेटमा फैलिन्छ। फैलिँदै जाँदा थोप्लाहरू एकापसमा मिसिन सक्छन्। कतै डल्ला परेको र कतै सम्म पनि हुन सक्छ। साधारणतया यसमा चिलाउँदैन।

दादुराको कारण:

दादुरा भाइरस (जिनस मोर्बिलीभाइरस) ले दादुरा निम्त्याउँछ। यो हावाबाट सर्ने रोग हो, जसको अर्थ सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा, हाछ्युँ गर्दा वा कुरा गर्दा यो भाइरस हावामा फैलिन्छ। दादुरा भएको व्यक्ति गएपछि पनि हावामा भएका यी भाइरसका कणहरू कोठामा दुई घण्टासम्म रहन सक्छन्। त्यस्तै, यी कणहरू सतहहरूमा पनि बस्न सक्छन् जसलाई तपाईंले छुनुहुन्छ।

दादुरा निम्न तरिकाले सर्न सक्छ:

दादुरा भएको व्यक्तिको वरपर हुँदा, जसमा कुरा गर्नु, खानेकुरा तथा पेय पदार्थ साट्नु, चुम्बन गर्नु, हात मिलाउनु वा अङ्गालो हाल्नु पर्छ।

भाइरस भएको सतह वा वस्तु छोएर मुख, नाक वा आँखा छुँदा।

गर्भवती महिलाबाट गर्भमा रहेको बच्चा वा सुत्केरी हुँदा वा स्तनपान गराउँदा बच्चामा सर्नु (ठाडो सङ्क्रमण)।

के दादुरा सर्छ?

हो, दादुरा अत्यधिक सरुवा रोग हो, जसको अर्थ यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिन्छ। विज्ञहरूको अनुमानअनुसार, दादुराविरुद्धको खोप नलगाएका मानिसहरू भएको कोठामा एक जनालाई दादुरा भएमा, त्यहाँ भएका १० मध्ये ९ जनालाई दादुरा सर्नेछ। बिमिरा देखिनुभन्दा करिब चार दिन अगाडिदेखि बिमिरा देखिएको करिब चार दिनपछिसम्म तपाईं अरूलाई सार्न सक्ने अवस्थामा हुनुहुन्छ।

जोखिम कारकहरू:

निम्न अवस्थामा दादुराका कारण गम्भीर जटिलता हुने जोखिम बढी हुन्छ:

तपाईंको उमेर २० वर्ष माथि वा ५ वर्ष मुनि छ भने।

तपाईं गर्भवती हुनुहुन्छ भने।

तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर (इम्युनोकम्प्रमाइज) छ भने।

दादुराका जटिलताहरू:

दादुराका जटिलताहरू साधारण देखि ज्यान जाने खालका हुन सक्छन्। तिनीहरूमा निम्न पर्छन्:

कानको सङ्क्रमण (कान पाक्ने)

गम्भीर पखालाका कारण शरीरमा पानीको कमी हुनु (डिहाइड्रेसन)

ब्रोन्काइटिस (श्वासनलीको सङ्क्रमण)

ल्यारिन्जाइटिस (स्वरयन्त्रको सङ्क्रमण)

निमोनिया (खोकी लाग्ने)

अन्धोपन

मस्तिष्क ज्वर (एन्सेफलाइटिस)

सबएक्युट स्क्लेरोजिङ प्यानेन्सेफलाइटिस (एसएसपीई), एक दुर्लभ तर घातक स्नायु प्रणालीको सङ्क्रमण जो दादुरा भएको वर्षौंपछि हुन्छ।

दादुरा इन्क्लुजन बडी एन्सेफलाइटिस (एमआईबीई), मस्तिष्क ज्वर (मस्तिष्कको सूजन) जो प्रायः कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा दादुरा भएको दिनदेखि वर्षौंपछिसम्म हुन सक्छ।

मृत्यु

यदि तपाईं गर्भवती हुँदा दादुरा लागेमा, तपाईंको बच्चा समय अगावै जन्मन सक्छ (प्रिटर्म जन्म) वा जन्मदा तौल कम हुन सक्छ।

परीक्षण र निदान:

दादुरा कसरी पत्ता लगाउने?

स्वास्थ्यकर्मीले तपाईंको स्वास्थ्य अवस्थाको इतिहास, शारीरिक परीक्षण र बिमिराको प्रकृतिलाई आधार मानेर दादुरा भएको अनुमान लगाउन सक्छन्। निदान पुष्टि गर्न, उनले निम्न परीक्षण गर्न सक्छन्:

रगत परीक्षण

नाक वा घाँटीको स्वाब (सेलाइन लगाएको पोतो)

पिसाब परीक्षण

उपचार र व्यवस्थापन

के दादुराको उपचार छ?

दादुराको लागि कुनै उपचार वा खास औषधि छैन।

यदि तपाईं अस्पतालमा भर्ना हुनुभएको छ भने, स्वास्थ्यकर्मीले गम्भीर जटिलताहरूको जोखिम कम गर्न तपाईंलाई भिटामिन ए दिन सक्छन्। तर, स्वास्थ्यकर्मीको निगरानीबिना आफैंले भिटामिन ए लिनु हुँदैन किनकि यसले अङ्गहरू बिगार्न सक्छ। धेरै भिटामिन ए लिनु भिटामिन ए विषाक्तता भन्ने गम्भीर अवस्था निम्त्याउन सक्छ। भिटामिन ए ले दादुरा निको पार्दैन वा रोक्दैन।

दादुरा कति दिनसम्म रहन्छ?

जटिलता नभएको खण्डमा दादुरा सामान्यतया १० देखि १४ दिनसम्म रहन्छ।

मैले स्वास्थ्यकर्मीलाई कहिले भेट्नु पर्छ?

निम्न अवस्थामा आफ्नो स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्:

खोपको बारेमा प्रश्नहरू छन् भने।

तपाईं दादुरा भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने (उनले तपाईंलाई बिरामी हुने जोखिम कम गर्न इम्युनोग्लोबिन – एन्टिबडी उपचार दिन सक्छन्)।

दादुराविरुद्धको प्रतिरोधात्मक क्षमता (इम्युनिटी) छ कि छैन भनेर जाँच गर्न दादुराको एन्टिबडीको मात्रा (टाइटर) जाँच गर्न चाहनुहुन्छ भने।

निम्न समस्या भएमा तुरुन्तै अस्पतालको आकस्मिक कक्षमा जानुहोस्:

सास फेर्न गाह्रो हुनु

छाती दुख्नु

उज्यालोमा हेर्न गाह्रो हुनु

घाँटी कठ्याङ्ग्रिनु

गम्भीर टाउको दुखाइ

अलमल हुनु

गम्भीर वान्ता वा पखाला हुनु

भविष्यको अवस्था / पूर्वानुमान

दादुरा लागेमा के आशा गर्न सकिन्छ?

दादुराले गम्भीर बिरामी पार्न सक्छ। दादुरा लागेका करिब ५ मध्ये २ जना मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।

तपाईं निको भएपछि पनि, अन्य सङ्क्रमणहरू हुने सम्भावना बढी हुन सक्छ। यो किनभने दादुराले प्रायः रोग प्रतिरोधात्मक कोषिकाहरू (जुन पहिले भएका सङ्क्रमणहरू सम्झन र तिनीहरूविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न जिम्मेवार हुन्छन्) नष्ट गरिदिन्छ। यसलाई ‘इम्युन एम्नेसिया’ (रोग प्रतिरोधात्मक क्षमताको बिर्सनेपन) भनिन्छ।

दादुरा भएको महिनौं वा वर्षौंपछि पनि, विशेष गरी कमजोर रोग प्रतिरोधात्मक क्षमता भएमा, ज्यान जान सक्ने जटिलताहरू देखिन सक्छन्।

के दादुरा लागेको बेला एक्लै बस्नु (आइसोलेसन) पर्छ?

हो, यदि तपाईंलाई दादुरा छ भने, बिमिरा देखिएको चार दिनसम्म एक्लै बस्नु पर्छ। तपाईंले N95 मास्क लगाउनु पर्छ, र स्वास्थ्यकर्मी तथा तपाईंको हेरचाह गर्ने अरू सबैले पनि त्यस्तै मास्क लगाउनु पर्छ। अरू मानिसहरूसँग कहिले मिसिन मिल्छ र कहिले काम वा विद्यालय फर्कन मिल्छ भनेर आफ्नो स्वास्थ्यकर्मीलाई सोध्नुहोस्।

के दादुरा घरमै उपचार गर्न सकिन्छ?

आफ्नो वा आफ्नो बच्चाको लक्षणहरू कसरी सुरक्षित रूपमा घरमै व्यवस्थापन गर्ने भनेर स्वास्थ्यकर्मीलाई सोध्नुहोस्। उनले निम्न सुझाव दिन सक्छन्:

दुखाइ, पीडा वा ज्वरोको लागि प्यारासिटामोल वा आइबुप्रोफेन जस्ता औषधि सेवन गर्ने।

प्रशस्त आराम गर्ने।

प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउने।

नुन पानीले कुल्ला गर्ने।

रोकथाम

के दादुरा रोक्न सकिन्छ?

दादुराको खोप दादुरा रोक्न अत्यन्तै प्रभावकारी छ। पूर्ण रूपमा सुरक्षित हुनको लागि, तपाईंले निम्न मध्ये कुनै एक खोपको दुई मात्रा (डोज) लगाउनु पर्छ:

दादुरा, भाइरल सुजन (मम्प्स), रुबेला (एमएमआर) खोप

दादुरा, भाइरल सुजन, रुबेला, चिकेनपक्स (भेरिसेला) (एमएमआरभी) खोप

नेपालमा अधिकांश मानिसहरूले बाल्यकालमा नै एमएमआर खोप पाउँछन्। तर, वयस्कले पनि यो खोप लगाउन सक्छन्। सरकारी स्वास्थ्य चौकी वा अस्पतालहरूमा यो खोप निःशुल्क उपलब्ध हुन्छ।

के खोप लगाएको भए पनि दादुरा लाग्न सक्छ?

यदि तपाईंले दादुराको खोपको दुवै मात्रा लगाउनुभएको छ भने दादुरा लाग्ने सम्भावना निकै कम हुन्छ। जम्मा एउटा मात्र मात्रा लगाउँदा रोग लाग्नबाट रोक्न कम प्रभावकारी हुन्छ।

 

नविन कुमार राई