
-पी. समर
आघुनिक सभ्यताको विकासको साथसाथै मानिस सबै प्रकारका सुख–सुविधा, वैभव तथा आनन्दमय जीवन बिताउन समर्थवान हुँदै गएको छ । अनेक वैज्ञानिक समस्याहरू सुल्झिँदै गएका छन् । रोगमाथि विजयप्राप्त गर्ने शिलसिलामा नयाँ नयाँ औषधीहरूको परीक्षण र प्रयोग हुन थालेको छ । तर पनि यस्तो लाग्छ पूर्ण समाधान मानिसको लागि प्राप्त हुनेछैन तथा उसको सामू नयाँ नयाँ समस्या आइरहनेछन् । एक अन्तहीन श्रृंखला जस्तै हामीहरू विभिन्न रोगका किटाणु माथि विजय प्राप्त गर्ने क्रममा एक से एक शक्तिशाली रोगाणुनाशक(एन्टीबायोटिक) औषधीको निर्माण गर्छौं । एउटा साधारण रोगको समाप्ती भइरहेको हुन्छ त दोस्रो अझ शक्तिशाली अजेय विषाणु (भायरस) को उत्पत्ति भैरहेको छ ।
आज साधारण रूघाखोकी जस्ता स–साना रोगसम्म विषाणुको कारण हुन थालेको छ । यस कारणले गर्दा चिकित्सा जगत हैरान छ, किनकी बिषाणुको अन्त्य गर्नका लागि उ संग कुनै सफल जौषधी छैन । वैज्ञानिक हैरान छन्, उनीहरू एक जिबाणुको अनुसन्धान सक्छन् त दोस्रोको जन्म भैसक्छ ।
यौन रोगमा पहिलो दुई रोग गनेरिया तथा सिफिलिस रोगाणुको माध्यमद्वारा हुने गथ्र्यो र यसको सफल उपचार हुन्थ्यो । त्यसपछि फेरि एउटा रोगको जन्म भयो हरपीज जेनिटालिस । यो रोगको उपचार छैन ।
यसै श्रृंखलामा ९/१० बर्षदेखि जिवाणुजन्य एक नयाँ रोगको जन्म भएको छ । जस्लाई एक्वाइ्ड इम्यून डिफिशिएन्सी सिन्द्रोम (AIDS) भनिन्छ किनकी यसको जिवाणुद्वारा शरीरको रोग प्रतिरोधक क्षमता पूर्णत नष्ट गरिदिन्छ, रोगीको सुरक्षाको संपूर्ण साधन नष्ट गरिदिन्छ र अन्ततः उस्को मृत्यु हुन्छ, यसको कुनै उपचार छैन ।
अन्त्य सबै आधुनिक आविष्कार जस्तै यसको जन्म पनि अमेरीकाबाट भएको हो । एक तथ्यांक अनुसार संयुक्त राज्य अमेरिकामा मात्र हालसम्म १४२६०४ रोगी पाइएका छन् ।
विश्व स्वास्थ्य संगठन तथा चिकित्सा विशेषज्ञका अनुसार यदि यसको रोकथाम हुन नसकेमा संपूर्ण विश्वमा महामारीको रूपले यस रोगले नरसंहार गर्नेछ ।
यस रोगको सूचना सर्वप्रथम सन् १९८० मा मिलेको थियो । जुनबेला अमेरीकाको ठूला शहरहरू न्यूयोर्क, सनफ्रान्सिस्को तथा लसएन्जेलसमा केही समलैंगिक रोगी मध्ये एक विशेष प्रकारको निमोनिया तथा एक प्रकारको साधारण क्यान्सर एवं दुवैको सम्मिश्रण भेटिए । तिनीहरूलाई उपचारबाट कुनै लाभ हुन सकेन र मृत्यु भयो । वैज्ञानिकहरू एकातिर यसको कारण पत्ता लगाउनतिर व्यस्त थिए भने अर्कोतिर यिनै जिबाणुको प्रसार चारैतिर द्रुतगतिले हुन थाल्यो र ४/५ वर्षको छोटो समयमै यसले विश्व समस्याको रूप लियो भने आज यसको वीभत्सताको कारण विश्वका संपूर्ण सरकार चिन्तित छन् ।
यो रोगको लक्षण पनि प्रायः टी. बी. संग मिल्दो जुल्दो हुन्छ । रोगीलाई शारीरिक शिथिलताको साथ साथै बारम्बार ज्वरो आउने र रोकिने हुन्छ । शारीरिक कमजोरीको कारण एकैचोटी शरीरको तौल घट्न थाल्छ । यस अवस्था सम्म टी. बी. र यसमा एकरूपता पाइन्छ । तर यसपछि एड्स (AIDS) का रोगीको लसीका ग्रन्थि (लिफैटिक ग्लैण्ड) विशेषतः गला, काखी तथा जांघको जोडहरूमा सूृज भई ठूलो हुँदै जान्छ। शरीर मा अनेक गिर्खा गाँठा (ट्युमर) निस्कदै जान्छ । यसको साथै एड्सका जिवाणुहरूले शरीरको रक्षात्मक शक्ति रोग प्रतिरोधक प्रणालीः
- १. जव कुनै रोगाणु (भायरस) स्वस्थ शरीरमा प्रवेश गर्दछ तुरून्त नैकरोफेज कोशिकाले त्यसको खोजी गरेर कोशिकालाई सावधान गराउँदछ ।
- २. कोशिका सक्तिय हुँदै अन्य विभिन्न आकारको कोशिकामा परिवर्तित हुँदै जान्छ ।
- ३. सहायक कोशिका ब कोशिकालाई उत्प्रेरित गराउँछ । जसबाट ब कोशिकाको संख्यामा वृद्धि हुन जान्छ र ब कोशिकाले रोग प्रतिरोधक तत्वको निर्माण गर्दछ । यो तत्वले आउने रोंगाणु माथि हमला गरी त्यसको नाश गरीदिन्छ ।
एड्स भायरसको आक्रमण प्रक्रिया
१. जब एड्स रोगाणुले आक्रमण गर्दछ त्यसबेला सिधै सहायक कोशिकालाई प्रदुषित गरिदिन्छ । यसले पहिला कोशिकाको बाहिरी तत्वको पहिचान गर्ने क्षमतालाई अवरुद्ध गर्नका साथै त्यही कोशिकालाई एड्स रोगाणु बनाउने कारखानमा परिणत गरिदिन्छ ।
२. किनकी कोशिकामा सट्षण प्रतिरोध क्षमता मरिसकेको हुन्छ यसर्थ बाहिरबाट आउने रोगाणु सरलताकासाथ यताउता घुमिरहन्छ । यस बीच ध्वस्त ट कोशकिले एड्स जुन सेतो रक्त कणको एक प्रकार लिफोलाइटुमा हुने गर्दछलाई द्रुतगतिले नष्ट गर्न थाल्दछ । जसबाट यसको स्वरूप बिकृत हुनुको साथै आफूनो काम पनि गर्न छाड्छ र शरीरको रोग प्रतिरोधात्मक शक्ति समाप्त हुनुको साथै औषधीले काम गर्न छाड्छ तथा अन्ततः रोगीको एक देखि २ बर्षमा मृत्यु हुन्छ ।
प्रारम्ममा यसलाई नशामा इन्जेक्शनद्वारा नशालु औषधीको निरन्तर प्रयोगको परिणाम मानिएको थियो । केही रोगीहरूमा रक्त(क्यान्सरको सम्बन्धित मानियो र यसै आधारमा रक्त(क्यान्सरको उपचार अस्थि मज्जा प्रत्यारोपण (BONE MARROW TRANSPLANT) बाट केही लाभ पनि भयो । तर यो धारणा पनि तुरून्तै समाप्त भयो, किनकी यस रोगबाट पीषित केही रोगी न त नशालु औषधिको प्रयोग गर्दथे नत उनीहरूलाई रक्त–क्यान्सर नै थियो तथा स्वस्थ मानिएका व्यक्तिहरू पनि यस रोगको चपेटामा फस्न हुस् अब यसको सही कारणको खोजी गर्न चूनौति बन्न पुग्यो । जीव तथा जीवाणु वैज्ञानिक, चिकित्सा तथा क्यान्सर विशेषज्ञ आदि सबै यस काममा जुटे। उनिहरूको अनुसन्धानबाट यो केही विशिष्ट जिबाणुद्वारा हुने तथा यसको सम्बन्ध यौन संपर्कबाट हुने समेत पत्ता लाग्यो । यस रोगका जिबाणुको प्रसार गर्नेहरूमा प्रत्यक्ष लक्षण भने ६ देखि १८ महिना अथवा बर्षौ पछि पनी निस्कन सक्छ ।
तथापी, यो रोगको प्रसार दुतताकासाथ गर्नमा सहायक यस्ता व्यक्तिसंग यौन सम्बन्ध, विशेष गरी समलैंगिक यौन सम्बन्ध स्थापित गर्नाले तथा रक्तदान गर्दा एक व्यक्तिको शरीरबाट दोस्रो व्यक्तिको शरीरमा प्रवेश भएर हुने गर्दछ ।
रोगाणुको निर्माण गर्दछ र त्यसले यो रोग पूर्णतः घातक हुनुको साथै यसको कुनै उपचार नभएका कारण यसको प्रसार रोक्नको लागि यसका विषाएलाई चिन्नु आवश्यक छ । यसका लागि विश्वका सबै प्रमुख प्रयोगशालाहरूमा अनुसन्धान भईरहेछ । सर्वप्रथम सन् १९८० मा यू. एस. नेशनल क्यान्सर इन्स्टिच्यूटका डा. रबर्ट गेलोले यसको सम्बन्ध रक्त–क्यान्सरको विषाणुसंग जोडे तर सन् १९८३ मा पेरिसको पास्चर इन्स्टीच्यूटका वैज्ञानिकले डा. लन मोन्टेगिनियरको नेतृत्वमा भएको अनुसन्धानबाट यसको कारण फरक पाए । यसको केही महिना
पछि अमेरीकाको नेशनल क्यान्सर इन्स्टिच्यूटमा यि दुवै भन्दा भिन्न तेस्रो प्रकारको विषाणुको पत्ता लाग्यो ।
यस प्रकार अनेक किसिमका खोज तथा अनुसन्धान पश्चात पनि यसका सही विषाणुको पत्ता लाग्न सकेको छैन । एउटा सम्भावना यो पनि छ कि यसको विषाणुले इन्फुलुएन्जाको विषाणुको जस्तै त्रहतु देश तथा समय अनुसार आफूनो रूप बदलिरहन्छ । यस्तो स्थितिमा इन्फूलुएन्जाको विषाणुको जस्तै यसको पनि सही अनुसन्धान शायद कहिल्यै हुन नसक्ला । उपचार केवल लक्षण शान्त गर्न तथा गिर्खा कमगर्नमा नै सिमित छ । अस्थि मज्जा प्रत्यारोपण, रेडियोथेरापी, शक्तिशाली एंटीबायोटिक औषधि तथा अन्य रासायनिक औषधिको प्रयोगबाट केही रोगीको जीवन अल्प समयको लागि बढाउन सकिएला। ‘ पंटामिडीनु नामक शक्तिशाली परजीवी विरोधी (ANTI PARASITE) औषधीद्वारा पनि केही लाभ भएको पाइएको छ। इन्टरफेरान शरीरमा उत्पन्न हुने एक किसिमको रासायनिक पदार्थ बाट उपचारमा प्रयोग भइरहेछ ।
हालै मात्र सन् १९५८ मा नोबेल पुरस्कार विजेता तथा विषाणु रोग विशेषज्ञ हो ।जोशुआ लिहरबर्गले वेस्ट इण्डिजको विश्व विद्यालयमा विषाणु रोगहरूको उत्पक्ति मानव जातिको लागि खतरा भन्ने विषयको दुई सम्मेलनको उद्घाटन समारोहमा बोल्नु हुँदै आगामी २० बर्षमा विश्व जनसंख्याको १० प्रतिशत जनसंख्या एड्स वा यससंग सम्बन्धित रोगहरूबाट मर्ने कुरा बताउनु भएको थियो । साथै केही राष्ट्रका कुल जनसंख्याको ४० प्रतिशत जनता एड्स रोगबाट आगामी दश बर्षमा गुमाउनु पर्ने कुराको भविष्यवाणी समेत गर्नु भएको छ ।
डा. लिहरबर्गका अनुसार तत्कालै यस रोग निको पार्ने औषधी वा एड्स विरूद्ध खोप पत्ता लाग्ला भन्ने कमै आशा भएता पनि आगामी दशकमा एड्स विरूद्ध खोप पत्ता लगाउनै पर्छ भन्ने कुरामा उहाँ आशावादी हुनुहुन्छ ।
त्यस्तैगरि सन् १९९० को दशकमा यो रोगको शिकार बढी मात्रामा स्त्री तथा केटाहरू हुने संभावता देखिएको छ । जस अनुसार तेस्रो विश्वाका नागरिकहरू नै यसको चपेटामा फस्नेछन् । विश्व स्वास्थ्य संघका अनुसार सन् १९९० को दशकमा आफ्रिकामा शिशु मृत्युदर ५० प्रतिशत पुग्नेछ। सन् २००० सम्ममा न्यूयोर्क शहरमा मात्र ५०,००० देखि १००,००० केटाकेटीले एड्सकै कारणले आमा बाबु गुमाउनु पर्नेछ ।
हालसालै मात्र अमेरिकी जोन्स होप्किनस् स्कूल अफ मेडिसिनका अनुसन्धान दाताहरूले एड्स रोगीको शरीरबाट जीवाणु निर्मूल गर्न सफल भएको जानकारीमा आएको छ । अजिडोथइमाइडाइन नामक औषधिको प्रयोगद्वारा विरामीको हाडको गुडी फेरेर एड्स जीवाणु निर्मूल गरिएको थियो । वैज्ञानिकहरूका अनुसार यस पद्दतिमा अझै सुधार हुनबाँकी भएकोले यो चिकित्सा व्यापक रूपमा प्रयोग गर्न हतारिनु नहुने कुरा पनि बताइएको छ ।
हाम्रो जस्तो अति कम विकसित राष्ट्रको लागि यो एक श्रापु नै सिद्ध हुनेछ । नेपालमा एड्स रोगको नियन्त्रणका लागि प्रथमतः विदेशी पर्यटकहरूको रगत जाँच गर्ने वा सम्न्धित देशका एड्स नभएको भन्ने प्रमाणपत्र हेरेर मात्र प्रवेश गर्न दिने तर्फ श्री ५ को सरकारले बेलैमा सतर्कता अपनाउनु उपयुक्त हुन आउँछ । नत्रभने एउटै मिल्कोले संपूर्ण देशलाई मृत्यूको चपेटामा नपु¥याउला भन्न सकिँदैन । यसका साथै लागु औषधिको दुरूपयोग तथा अनैतिक यौन संपर्कको विरूद्ध जनचेतना जगाउनु पनि उत्तिकै आवश्यक छ ।
साभार: स्वस्थ्य दर्पण वर्ष १ अंक १ , २०४७
प्रतिक्रिया दिनुहोस्