पेटको क्यान्सर

Stomach Cancer

-डा मित्रलाल श्रेष्ठ

 

मानिसलाई लाग्ने घातक रोगहरू मध्ये पेटको क्यान्सर पनि एक हो । पेटको क्यान्सर संसारभरिमा जापान, चिली, आइसल्याण्ड र दक्षिणी चीनमा धेरै मात्रामा पाईएको छ । विश्वमा पेटको क्यान्सर घातक रोगहरूमध्ये सातौं (7th most common cause of death) मा पर्दछ । तर अहिले हाल जापानमा यस्को Incidence घट्दै गइरहेको छ । हाम्रो देशमा यसको संख्या निश्चित थाहा नभएतापनि सामान्यरूपले पाइएको छ ।

यो रोग के कारणले लाग्छ भनेर खास किटान गर्न नसकेता पनि ग्यास्टीक अल्सर (Gastric ulcer), Gastric Polyps, Pernicious anemia, chronic atrophic gastric आदि पेटको रोगहरूसँग यसले सम्बन्ध राख्दछ । ६०% विरामीहरूमा cancer of stomach को कारण पत्ता लगाउन सकिएको छैन ।

शुरूमा क्यान्सरका विरामीहरूलाई कुनै लक्षण (Symptoms) देखिँदैन । यसका लक्षणहरू पेटको कुन भागमा क्यान्सर अवस्थित छ त्यही अनुरूप लक्षण देखा पर्छ । पेटको तल्लो भाग (Pyloric region) मा शुरू भयो भने पेट खाना खाएपछि फुलेर आउने, पेट दुख्ने हुन्छ । यदि Lesser curvature भएमा पेप्टीक अल्सर जस्तो लक्षण देखाउँछ । पेटको माथिल्लो भागमा (Cardiac region) मा भएमा यसले esophagus (अन्ननली) को Inlet लाई बन्द गरि दिई खाना खाने वित्तिकै बिरामीलाई निल्न नसक्ने (Dysphagia) र वान्ता हुने हुन्छ । धेरै जसो विरामीहरू खानाको रूची नभएर, जिउ दुब्लाउँदै गएर मात्र डाक्टर कहाँ सल्लाह लिन आएका हुन्छन् । कसैकसैलाई वान्तामा रगत आउने, या दिसामा रगत देखिने या हुन सक्छ । यो रोग उपचार नगराई बस्यो भने पेटको वरिपरिका भागमा क्यान्सर फैलिदै जान्छ, साथै रक्त संचालन अथवाLymphatics द्वारा Liver (कलेजो), lungs (फोक्सो), छाला (Skin & Bone) हाडमा क्यान्सर फैलिन सक्छ । यस अवस्थामा उपचार गर्न मुश्किल हुन्छ र पटक्कै फाइदा हुँदैन ।

यो रोगको पहिचान (Diagnosis) जति छिटो हुन सक्यो, उत्तिनै विरामीको आयु बढाउन सकिन्छ ।

यसरी माथिका लक्षणहरू देखिने बित्तिकै डाक्टरसँग सल्लाह र Complete checkup गराउनु राम्रो हुन्छ । यस Gastro-endoscopy गरेर पेटमा Cancer के अवस्था छ (Stage) पत्ता लगाउन भर्खर मात्र शुरू भएको भए, Operation गरेर (5 year Survival rate)९०% सम्म बचाउन सकिन्छ । अपरेशनको महत्व केबल भर्खरको कलिलो अवस्थाको cancer मा मात्र सिमित छ । यो रोग अर्को ठाउँमा फैलिए पछि अपरेशनको महत्व निकै कम मात्र हुन्छ । त्यसै गरेर X-ray studies ले पनि पेटको cancer पत्ता लगाउन
सकिन्छ, तर धेरै सानो cancer यसले नदेखाउन पनि सक्छ ।

पेटको cancer मा chemotherapy औषधोपचारको भूमिका सिमित मात्रा छ । Radiotherapy ले stomach cancer मा केही प्रभाव देखाउँदैन । त्यसैले यो घातक रोगको पंजाबाट बच्न पेटको सिकायत हुने बित्तिकै सुसम्पन्न अस्पताल या संबन्धित चिकित्सकसँग औषधोपचार गर्नतर्फ लाग्नु पर्छ ।

साभार:  स्वस्थ्य दर्पण वर्ष १ अंक २ , २०४७

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain